Saturday, September 1, 2012

रुपन्देहीको बुटवलमा आसपासमा तीजको लहर

अहिले गाउँघरमा तीजको चहलपहल सुरु भएको छ । बिभिन्न पहाडीजिल्ला बाट बसाइसरेर आउकाहरु पनि आ-आफ्नो टोल तथा पथमा जम्मा भएर तीजका भाका गाउँने तथा दर खाने गरेको पाईन्छ । अहिले देशै भरी तीजको लहर निकै बढेको छ । प्राय सधैंजसो यहाँका गाउँगाउमा स्थानीय एकै ठाउँमा जम्मा भएर यसैगरी तीजका भाकामा रमाउने गर्दछन। रुपन्देहीका सबै वार्ड तथा टोलमा अहिले यसै गरि रमाइलो सग तीज मनाउन लागेको देख्न सकिन्छ ।