Sunday, September 2, 2012

एमाले खाचिकोटको आयोजनामा खुल्ला तिज गीत प्रतियोगिता फुद्वाङ बजारमा सम्पन्न

नेकपा एमाले खाचिकोटको आयोजनामा खुल्ला तिज गीत प्रतियोगिता फुद्वाङ बजारमा सम्पन्न भएको छ। उक्त तिज प्रतियोगितामा अनेकौ गाबिसका महिलाहरुले भाग लिनुका साथै सयौको उपस्थित रहेको प्राप्त समाचारमा जनाइएको छ। र सो तिज गीत कार्यक्रम खाचिकोट गाबिसका लक्ष्मण कंडेलको प्रमुख र काशीराज ज्ञवालीले सन्चालन गरेका थिए । साथै उक्त प्रतियोगितामा ८ समुहले भाग लिएका थिए जसमा राधा कृष्ण महिला समुह खाचिकोट ५ पहिलो, जनवादी महिला समुह सन्धिखर्क ९ दोस्रो, श्रीजनशिल आमा समुह खाचिकोट ७ तेस्रो भएका थिए।