Sunday, January 12, 2020



















म्यानेजर बिष्णु प्रसाद मरासिनी । 

अर्घाखाँचीडट्कम संवाददाता

फुदवाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले स्थानिय ऋणीबाट दोब्बर रकम असुली गर्दै आएको स्थानियबासीहरुले आरोप लगाएका छन् । 


खाँचीकोटका कयौ स्थानिय किसान, व्यापारीले समय - समयमा लिएको ऋणमा साना किसान अध्यक्ष,  प्रबन्धक कर्मचारीहरुले ऋणीबाट सावा ब्याज गरी दोब्बर रकम असुली गर्दै आएको फेला परेको भन्दै स्थानियबासीहरुले पिडा पोखेका हुन् । 

खाँचिकोटका किसानहरुद्वारा संचालित यस साना किसानले  स्थानियबासीलाई चर्को ब्याज ऋण प्रवाह गर्ने अनी ऋणीबाट सावा ब्याज गरी दोब्बर रकम असुली गर्दै आईरहेका भन्दै उनिहरुले ऋण नै नतिर्ने चेतावनी दिएका छन् ।  ।


यहाँका ऋण लिएका किसान, व्यापारीले साना किसानले ताकेता गरे अनुसार मार्सिक सावा ब्याज तिर्ने तर नियमित तिरेको हिसाब लेखाजोखा नराख्दा एवम हिसाब-किताब गर्न नजान्दा वर्षौ, महिनौसम्म पैसा तिरी रह्दा पनि साना किसानले भने उती नै हिसाब तिर्नु पर्ने ताकेता गर्दै आएको स्थानिय धुर्बराज आचार्यलको आरोप छ ।

पछिल्लो पटक सानाकिसान सहकारीका अध्यक्ष लक्ष्मण कडेल, म्यानेजर बिस्नु प्रसाद मरासिनीले तिर्नुपर्ने रकम भन्दा दोब्बर रकम असुली गर्ने प्रयास गरेको धुर्बराज आचार्यले बताए । यतार्थ हिसाब दिनुपर्नेमा केरमेट गर्दै अहिलेसम्म सही तिर्नुपर्ने हिसाब नदिएको, आफु माथि अन्याय भएको भन्दै उनले प्रहरी, प्रशासन धाएका छन् । आचार्यले भने मैले तिर्नुपर्ने २ लाख ७० हजार जति हुनुपर्नेमा ४ लाख ७२ हजार तिर्नुपर्ने  देखाइयो, मैले बिरोध गरेपछि फेरि भित्रलगी करेक्सन गरि २ लाख ७० हजार भेट्टियो। अनि मैले खोज्दै जाँदा सबै कागजात फर्जी भेट्टिए । 


अचम्मको कुरा त के भने यस साना किसानमा अहिलेसम्म कम्प्युटर, अन्लाईनबाट कारोबार गरिदैन, यहाँ हातले लेखेर ऋणीबाट सावा ब्याज उठाउने गरिन्छ । साथै ऋण दिदा कसैको लिने र दिने पक्षको कुनै हस्ताक्षर नै छैनन् ।  एकै व्यक्तिलाई विभिन्न व्यक्तिका नाममा आधा दर्जनसम्म साना किसानले ऋण दिएका छन्, किस्ता तिर्न नसक्नेको उठिबास लगाएका छन् । लगभग १३०० जना सदस्यहरु रहेको साना किसानले बैंकबाट सहुलियत ब्याजदरमा ऋण ल्याउने अनी स्थानियबाट १५, १८ प्रतिशतसम्म ब्याज उठाउने गरेका छन् । त्यो माथि हर्जाना भन्दै र म्याद नागेकोलाई २२% सम्म ब्याज असुल्ने गरेका छन् । 


यस्तै खाँचीकोटको किटेनी, डिहीकी रामकला उपाध्याय जसको घरमा दुबै छोरा-बुहारी अपांग हुनुहुन्छ, संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि जायजेथा बेचबिखन गरि सावा ब्याज तिर्दै आउनुभएको तर उहाले आफुले के कती तिर्नु पर्ने हो वा तिरेको विवरण केही छैन् । उनलाई पनि अहिले दोब्बर रकम असुली गर्दै आएको महसुसु भएको छ । वर्षौ देखि तिर्दा पनि अहिलेसम्म जतिको त्यति ऋण छ भन्न्छन्, उहाले भन्नुभयो । गाउँमा रहेका नयाँ पुराना सम्पुर्ण कागजात चेक गर्न लागेको चाल पाएर गाउँमा हुइप जारी गरि कुनैपनी खासगरी सानाकिसान सम्बन्धित कागजात "धुर्बलाई न दिनु र न देखाउनु " भन्दै साना किसानका कर्मचारीले धम्की दिदै हिंडेका स्थानियबासीले बताए । आधिकारिक ब्यक्तिको हस्ताक्षर बिना कोराकागज थम्याएर जनतालाई गुमराहमा पार्दै पैसा असुल्दै गरिएको उनिहरुले बताए ।  

साथै स्थानिय उमकला पौडेल, भिमी कुमारी सार्की, कमला पोखेरेल, कमला नेपाली, भिमी कुमारी सार्की लगायत दर्जनौ ऋणीहरु पनि साना किसानबाट ठगिएको बताए । घरघर आएर  हातले लेखेर पैसा असुल्दै आएका छन् । हिसाब किताब के कती छ थाहा छैन् । सधैं उनिनै हिसाब दिन्छन् । भित्र एउटा कारोबार बाहिर अर्को कारोबार गर्छन् । यो हिसाबले अब हामीले ऋण तिर्दनौ । खाँचीकोटबाट साना किसान बन्द गराउनु पर्छ उनिहरुले भने ।     


खाँचीकोटमा १६ बर्ष देखि सन्चालनमा आएको यस साना किसानबाट धेरै पीडित हुन् सक्ने अनुमान गरिएको छ । साना किसानले कतिका उठिबास लगाएका छन्, त्यो क्रमश खुल्दै आएका छन् । सन्चालक समितिहरु बेला-बेलामा परिवर्तन हुँदै आएका छन, तर कर्मचारी सयन्रण भने उहीँ नै छ, पहिले हस्तलिखित जमानामा त यिनिहरुले सोझा जनतालाई कति ठगे कति, उनिहरुले भने।     

खाँचिकोटका किसानहरुद्वारा संचालित भनेको यो साना किसानमा सामान्यतया बैंक भन्दा पनि सस्तो व्याजदरमा ऋण दिनुपर्नेमा यहाँ मान्छे हेरिकन १५, १८ प्रतिशतसम्म व्याज असुली गर्दै आएको स्थानियबासीहरुले बताए । अन्य जिल्लामा साना किसान जस्ता सहकारीले किसानहरूलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराएको देखिन्छ । किसानले सहकारीबाट ऋण लिएर माछापालन, कुखुरापालन, बाख्रापालन, तरकारी खेतीका साथै सिलाइ–बुनाइलगायत विभिन्न व्यवसाय गरेका छन् ।  
 
प्रबन्ध निर्देशकको सम्पत्ति छानबिन गर्न माग

उता साना किसानको रकम हिनामिना, असुलीका समाचार बाहिर आएको बेला म्यानेजर (प्रबन्ध निर्देशक) बिस्नु प्रसाद मरासिनीको सम्पत्ति पनि छानबिन हुनुपर्ने स्थानियबासीको माग छ । अहिले कम्प्युटरको जमानामा पनि कम्प्युटरलाई आधार बनाएर सोझा जनतालाई लुट्ने काम रोकिएको छैन तलब आफू खुसी बढाउछन, अधिकतम ४० हजार न्युनतम २५ हजार बनाएका छन् । मरासिनीको सामान्य तलबले पक्की घर बनाएका छन् । उनको आर्थिक अवस्था नसोचेको छ, एक स्थानियबासीले बताए । उनले बनाएको घर सानाकिसानको तलबले गराउन नसकिने उनिहरुले बताए ।   

प्रहरी प्रशासनले कारबाही गर्ने 

यसैक्रममा साना किसानले गरेको रकम असुली विरुद्द अहिलेसम्म कुनै उजुरी नआएको जिल्ला प्रशासन, प्रहरी कार्यालयले बताएको छ । कसैले सहकारीका नाममा अवैध रकम असुली गरेको भनी उजुरी आएमा कसैलाई पनि नछोड्ने, प्रकाउ गरी कारबाही गर्ने प्रहरी प्रशासनले बताएको छ । तर पीडित धुर्व आचार्यले भने कागजात झुटा देखिए, मलाई दुई पटकसम्म प्रशासनमा जान खोज्दा पहिलो पटक प्रशासनको प्राङ्गणबाट  र दोस्रोपटक  बिच बाटोबाटै फर्काइयो प्रमाण अर्थात म्यानेजरले बोलेको कुरो डिलिट न गरे झुठो मुद्दा लगाएर उल्टै फसाउने धम्की पनि फोनबाट आए । 

धुर्व आचार्यका अनुसार साना किसानका कर्मचारी, समितीका मान्छेहरुले मिडिया, फेसबूक अन्य ठाउँमा साना किसानले गल्ती गरेका कुरा बाहिर ल्याएको भन्दै बेला बेला धम्की दिदै आएको बताए । आफुले असुरक्षित महसुसु गरेको उनले बताए ।  

अर्घाखाँचीमा पछिल्लो समय सहकारी संस्था खोलेर ब्याज ऋण प्रवाह गर्ने अनी ऋणीबाट चर्को ब्याज १६ - २० प्रतिशतसम्म असुल्ने गर्दै आएका छन् । किस्ता तिर्न नसक्नेको उठिबास लगाएका छन् । त्यो माथि हर्जाना भन्दै र म्याद नागेकोलाई २२% सम्म ब्याज असुल्ने गरेका छन् ।